[यहाँ उल्लेख भएका पात्रहरु काल्पनिक हुन् कसैको नामसँग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ – कसलाई चित्त नबुझे दिल खोलेर खोक्न पाउनु हुनेछ ]
कुलजी आज्ञा गर्नुहुन्छ हे टुइटेमुनी – तहाँ उप्रान्त महादेव “ए मुला सागहरु, ए मुला सागहरु” भन्दै चिच्याउदै टाइम लाइनमा प्रवेश गर्दा भए । महादेवको यस्तो चिच्याहट सुनेर उहाँको आफ्नै वहान डाँमेको साँढे, धतुरे, बियरे, रक्सिया, दारिवाल, जुँगावाल, कम्पनीका मालिकहरु, जयन्तिमाला, भद्रकाली, दुर्गा, प(रे)वी, सारी(ला)का, कुर्ता सलवारलाका, साना, ठुला, छुच्चा, छुच्ची, सिलवाल, बिर्कोवाल, बिर्तावाल, जिम्मावाल, माइला, साइला आदी सम्पुर्ण देवगणले टाइम लाइनमा प्रवेश गरी “के भयो प्रभु ? हामीबाट अज्ञानवस केही भुलभयो कि ?” भनी बिन्ती गर्दा भए ।
देवगणको बिन्ती सुनेर महादेवले जुरुक्क उठेर क्रोधित रुपमा भन्नुभयो “तिमी टुइटेहरु म बुढोको कदर गर्दैनौ, तिमीहरु केवल आ-आफ्नो प्रचारमा ब्यस्त छौ, कसैले मेरो कुराको कदर गरेन, मेरो भनाइको पालाना गरेन । हेर मुला सागहरु ! म कस्तो भने – प्रिय पार्वतीको प्यारो पती, मेरा दुई छोरा कुमार र गणेशको पिता, तै पनि मुला सागहरुले मेरो कदर गरेनौ । अब २ दिन भित्र तिमीहरुले आफ्नो आचरण नसुधारे म तिमीहरुलाई श्राप दिन्छु ।” प्रभुको यस्तो कुरो सुनेर सम्पूर्ण देवगण अत्यन्त चिन्तित हुँदै टाइम लाईन र डिएममा छलफल गर्न थाले – अब के गर्ने भनेर । त्यसै घडीमा कुर्सिको खुट्टो बजाउदै अनन्तको भ्रमण सकेर नन्तमुनी टाइम लाइनमा प्रवेश गर्दा भए ।
त्यसपछी के भयो कुलजी भनी टुइट मुनीले जिज्ञासा राखे
कुलजी आज्ञा गर्नुहुन्छ हे टुइटेमुनी – तहाँ उप्रान्त नन्तमुनी समक्ष देवगणले सबैकुराको बेलिबिस्तार लगाउदा भए । तत्पश्चात गम्भिर हुँदै नन्तमुनी भन्नुहुन्छ – “हजार शब्द भएका रामजिले वहाँको वर्णन गर्न सकेनन् र आँफै लुप्त भए भने म यस्तो लुते लाङ्ग्रेले कसोगरी सकुला ? बरु जाउ हामी सबै मिलेर ईन्द्रदेव संग सहयोग मागौं ।” सहि हो सहि हो भन्दै देवगण नन्तमुनिका पछीलागी ईन्द्रदेवलाई बिन्ती बिसाए । ईन्द्रदेवले पनि २ दिन भित्र महादेवको क्रोध शान्त पार्ने वचन दिएर देवगणलाई बिदा गर्दा भए ।
दुई दिनपछी ईन्द्रदेवले महादेवलाई “”हल्दार अफ दि विक”” घोषणा गर्दा भए । तहा उप्रान्त सम्पूर्ण देवगणहरु खुशी हुँदै महादेवलाई बधाई दिन थाले – कोहिले टाइम लाइन मै दिए, कोहिले डिएममा, कोहिले फोनमा । बधाईको मिठो स्वर संगीतले महादेव ध्यानबाट बिउँझीनु भयो र खुशी हुँदै अन्तध्यान भै कैलाश पर्वतमा पुगी कान्छा छोरा गणेशको वाहान मुसो खेलाउदै बस्दा भए ।
भएभरका बंगारा झारेछन् याँ आएर 😛
😀