आजको क्रिकेट खेल

हिजो नेपालले अमेरिकासंग ९४ रनको हार ब्यहोर्नुको मुख्य कारण भनेको विपक्षी टीमलाई कमजोर ठान्नु र टस जितेर पनि अमेरिकासंगको खेलमा फिल्डिङ रोज्नु हो – मेरो विचारमा । खैर, जे भयो भयो त्यो सकियो तर त्योबाट केही पाठ सिकेर आज शसक्त ढंगले मैदानमा उत्रिनु पर्ने आवश्यकता छ ।

आजको खेल नेपालले युगान्डासंग खेल्दैछ, युगाण्डाले १९९८ मा आइसिसी प्रवेश गरेपछी २००१ मा आइसिसी ट्रफी खेलेको छ,  त्यसैले हामीले तिनिहरुको वारेमा केही जानकारी लिनै पर्ने हुन्छ । कुनै पनि देशको खेलाडिको बारेमा जानकार नभै त्यतिकै खेलको सहि लेखाजोखा गर्न मिल्दैन र सकिंदैन पनि । यहाँ मैले साथीहरुलाई एकदमै  थोरै भएपनी जानकारी गराउने प्रयास गर्न लागेको हुँ, तर म ज्ञाता चै होइन । मैले यहाँ उल्लेख गरेक सबैकुरा http://www.espncricinfo.com बाट संकलन गरेको हो र त्यसैको तथ्याङ्कको आधारमा लेखेको हो ।

सर्व प्रथम हेरौ हिजो युगाण्डाले गरेको ब्याटिङ:

Uganda innings (50 overs maximum) R B 4s 6s SR  
View dismissal A Ziraba c Tucker b Maybury 1 15 0 0 6.66  
View dismissal AS Kyobe c †Anderson b Gibbons 53 112 3 1 47.32  
View dismissal RG Mukasa c Tucker b Trott 15 22 2 0 68.18  
View dismissal B Musoke c & b Tucker 5 11 0 0 45.45  
View dismissal L Sematimba st †Anderson b Robinson 42 80 3 0 52.50  
View dismissal DK Arinaitwe* c Cann b Trott 18 25 2 0 72.00  
  F Nsubuga not out 51 29 5 3 175.86  
View dismissal D Muhumuza c †Anderson b Jones 1 4 0 0 25.00  
  RG Okia not out 1 2 0 0 50.00  
  Extras (b 1, lb 5, w 29) 35          
           
  Total (7 wickets; 50 overs) 222 (4.44 runs per over)

जिरबा – यि दाहिने हाते ब्याट्समेन हुन्, हिजोको खेलमा रन बनाउन नसके पनि राम्रो ओपनर मानिन्छ यिनलाई
क्योबे – यि देब्रे हाते ब्याट्समेन हुन् र निकै अनुभवी पनि, टिकेर खेल्न सक्ने क्षमता छ यिनमा, जुन क्षमता ५० ओभरको खेलमा आवश्यक हुन्छ
मुकासा – यि पनि दाहिने हाते ब्याट्समेन हुन् र बलर पनि, अनुभवी र राम्रो ब्याटिङ एभ्रेज भएका यिनी स्पिन बल भने राम्रो ड्राइभ वा डिफेन्स गर्न सक्दैनन्
सेमतिम्बा – दाहिने हाते ब्याट्समेन र राइट आर्म अफब्रेक बलिङ गर्ने यिनको ब्याटिङ एभ्रेज राम्रो छ र फस्ट क्लास क्रिकेटमा सेन्चुरी पनि हानेका छन्  
यि बाहेक २ अरु गरी छ जना राम्रा ब्याट्समेन लिएर युगाण्डा मैदानमा उत्रदैछ ।  समग्रमा छ जना ब्याट्समेन र राम्रा ३ जना बलर छन् युगाण्डाको टिममा ।

मेरो विचारमा नेपालको ब्याटिङ पक्ष राम्रो देखिएकोले आज यदी नेपालले टस जितेमा ब्याटिङ रोजेर सकेसम्म धेरै रन् बनाउनु पर्छ, जसले गर्दा आजको जीतसंगै नेट रनरेट पनि सुधार्न सकिन्छ ।

नेपाल डिभीजन थ्रीमा कायम रहन सके त्यो नै सफलता हो भन्ने मलाई लाग्छ, अझ प्रमोट भएर टु मा पुग्नु र वर्ल्ड कपको बाटोमा लम्कनु त सुनमा सुगन्ध झै हुनेछ ।
अन्त्यमा, हामी नेपालीको अली धेरै हौसिने बानी छ, संयम भएर स्थिती र हासिल गरेको सफलतालाई सहि अंकलन गरेर सबै अघी बढौ अनी समर्थन गरौ ।

गफै त हो नि !!

[यहाँ उल्लेख भएका पात्रहरु काल्पनिक हुन् कसैको नामसँग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ - कसलाई चित्त नबुझे दिल खोलेर खोक्न पाउनु हुनेछ ]

कुलजी आज्ञा गर्नुहुन्छ हे टुइटेमुनी – तहाँ उप्रान्त महादेव “ए मुला सागहरु, ए मुला सागहरु” भन्दै चिच्याउदै टाइम लाइनमा प्रवेश गर्दा भए । महादेवको यस्तो चिच्याहट सुनेर उहाँको आफ्नै वहान डाँमेको साँढे, धतुरे, बियरे, रक्सिया, दारिवाल, जुँगावाल, कम्पनीका मालिकहरु,  जयन्तिमाला, भद्रकाली, दुर्गा, प(रे)वी, सारी(ला)का, कुर्ता सलवारलाका, साना, ठुला, छुच्चा, छुच्ची, सिलवाल, बिर्कोवाल, बिर्तावाल, जिम्मावाल, माइला, साइला आदी सम्पुर्ण देवगणले टाइम लाइनमा प्रवेश गरी “के भयो प्रभु ? हामीबाट अज्ञानवस केही भुलभयो कि ?” भनी बिन्ती गर्दा भए ।

देवगणको बिन्ती सुनेर महादेवले जुरुक्क उठेर क्रोधित रुपमा भन्नुभयो “तिमी टुइटेहरु म बुढोको कदर गर्दैनौ, तिमीहरु केवल आ-आफ्नो प्रचारमा ब्यस्त छौ, कसैले मेरो कुराको कदर गरेन, मेरो भनाइको पालाना गरेन । हेर मुला सागहरु ! म कस्तो भने – प्रिय पार्वतीको प्यारो पती, मेरा दुई छोरा कुमार र गणेशको पिता, तै पनि मुला सागहरुले मेरो कदर गरेनौ । अब २ दिन भित्र तिमीहरुले आफ्नो आचरण नसुधारे म तिमीहरुलाई श्राप दिन्छु ।”  प्रभुको यस्तो कुरो सुनेर सम्पूर्ण देवगण अत्यन्त चिन्तित हुँदै टाइम लाईन र डिएममा छलफल गर्न थाले – अब के गर्ने भनेर । त्यसै घडीमा कुर्सिको खुट्टो बजाउदै अनन्तको भ्रमण सकेर नन्तमुनी टाइम लाइनमा प्रवेश गर्दा भए ।

त्यसपछी के भयो कुलजी भनी टुइट मुनीले जिज्ञासा राखे

कुलजी आज्ञा गर्नुहुन्छ हे टुइटेमुनी – तहाँ उप्रान्त नन्तमुनी समक्ष देवगणले सबैकुराको बेलिबिस्तार लगाउदा भए । तत्पश्चात गम्भिर हुँदै नन्तमुनी भन्नुहुन्छ – “हजार शब्द भएका रामजिले वहाँको वर्णन गर्न सकेनन् र आँफै लुप्त भए भने म यस्तो लुते लाङ्ग्रेले कसोगरी सकुला ? बरु जाउ हामी सबै मिलेर ईन्द्रदेव संग सहयोग मागौं ।”  सहि हो सहि हो भन्दै देवगण नन्तमुनिका पछीलागी ईन्द्रदेवलाई बिन्ती बिसाए । ईन्द्रदेवले पनि २ दिन भित्र महादेवको क्रोध शान्त पार्ने वचन दिएर देवगणलाई बिदा गर्दा भए ।

 

दुई दिनपछी ईन्द्रदेवले महादेवलाई “”हल्दार अफ दि विक”" घोषणा गर्दा भए । तहा उप्रान्त सम्पूर्ण देवगणहरु खुशी हुँदै महादेवलाई बधाई दिन थाले – कोहिले टाइम लाइन मै दिए, कोहिले डिएममा, कोहिले फोनमा । बधाईको मिठो स्वर संगीतले महादेव ध्यानबाट बिउँझीनु भयो र खुशी हुँदै अन्तध्यान भै कैलाश पर्वतमा पुगी कान्छा छोरा गणेशको वाहान मुसो खेलाउदै बस्दा भए ।

प्रचण्डको बाटो यस्तो पो छ कि !

अहिलेको राजनैतीक अवस्थामा कहिले के हुन्छ भन्ने कुराको सटिक अनुमान लगाउन म जस्ता सामान्य नागरिक त्यस्मा पनि विदेशिएकोलाई निक्कै गार्हो हुन्छ । तर कता मेरो मनले सोचेको केही कुराहरु लेख्न गैरहेको छु । भाषागत त्रुटी त हुन्छ नै साथ साथै वैचारिक ज्ञानको कमी होला – सुझाब र सल्लाह दिनु होला ।

अब शुरु गरौ कुरो – कुरोको चुरो के भने माओवादी पार्टीको मुख्य लक्ष्य -
अहिले जे सुकै भईरहे तापनी माओवादिको अन्तिम लक्ष भनेको जनगणतन्त्र नै हो, यस्मा ऊ एकरत्ती पनि टसमस भएको छैन । वैध्यबाले पार्टी फुटाउनु भनेको समानान्तर रुपमा अर्को माओवादी पार्टी गठन गर्नु हो जुन कालान्तरमा दोस्रो तथा अन्तिम राजनैतीक पार्टीको रुपमा राख्ने प्रयास हो । भिन्न भिन्न सिद्धान्त र दर्शन बोकेका पार्टी स्विकार नगरने अथवा भनु नचाहने कुरा माओवादिले भन्दै आएको हो । समग्रमा भन्दा एउटै सिद्धान्तका दुई (आफ्नै) पार्टी बनाएर लक्ष प्राप्ती सम्म पुग्ने अर्को रणनिती हो । यसो गरेमा प्रचन्ड र बाबुराम देखी चिढिएकाहरु पनि वैधको पार्टिमा बस्ने निस्चित छ । यस्को साथ साथै वैधले अर्को पार्टी खोले पछी, प्रचन्ड पक्षको माओवादी उग्रपन्थी रहित जस्तो देखिने छ, जस्ले गर्दा कतीपय दोधारमा परेका अनी ढल्के मल्केहरुको प्रवेश त्यो पार्टिमा हुनेछ । अन्तत: नेपाली काङ्रेस्स अनी एमाले निक्कै कम्जोर अवस्थामा पुग्नेछन् । मधेशी दलहरु बलेको आगो ताप्ने प्रव्रित्ती भएकोले प्रचन्डलाई सजिलो पार्नेछन् । मेरो विचारमा आजका मिती सम्म माओवादी आफ्नो यो योजनामा सफल हुँदै गई रहेको छ । तै पनि नेपालको राजनीतिमा भारतको ठुलै भूमिका देखिने भएकोले केही कुरा त्यसमा पनि भर पर्छ, तैपनि भारतले सत्तामा जो सुकै भए पनि आफ्नो रोटी सेक्ने तिर बढी ध्यान दिने गरेको छ, त्यसकारणले भारत पनि माओवादिको कित्तामा धाप मार्न अवस्य जान्छ । यसमा माओवादी कत्तिको सफल हुन्छ त्यो भविस्यले देखाउछ ।   

TNT (ताइ न तुइ) को कुरो

कुरो के भने – हिजो चट्ट सँग ब्लग लेख्न थाल्ने भने जानी नजानी टक्क शुरु गरियो । आज एसो २-४ कुरा लेखु न त भनेर टक्क किबोर्ड समाको, के लेखु के लेखु पो भो । वर्तमान परीपेक्षमा, देशको अवस्था के लेख्नु ? टुइटर र फेसबूक मै बिजोक देखिन्छ । सामजिक र एकताको कुरो गरु न त भन्दा खै के? खै के? भने जस्तो । हामीले जिउँदाको जन्ती त जान पाएनौ पाएनौ, मर्दाको मलामी पनि हुन सकेनौ । यो हफ्ता ब्रजेस खनाल, बुद्धी सागर अनी एक जना चेलीको लेख हेरियो सबै जना  झन्नै मरेको, मर्न लागेको अनी मरिसकेका रहेछन् । अर्को हात्ती त  (संविधान सभा) ठाउँको ठाउँ – घटना स्थलमै – स्पट डेथ भयो । यो हफ्ताको शुरुवात नै त्यसरी भयो अनी आजसम्म दिनहु त्यही भईराछ, अर्थात यो हफ्ता दु:खद रह्यो – कालको पक्षमा गयो मने मृत्‍युको हफ्ता भयो भन्ने हामीलाई लागिराछ । यस्तो परिस्थितीमा हामीले निस्चित रुपमा धैय गुमौनु हुँदैन अनी शान्त मनले निकै गमेर मात्र केही बोल्नु वा लेख्नु पर्छ भन्ने हामीले बुझीबक्सेका छौ ।        

पहिलो कुरा

२००८ मा मा शुरुवात गरेको थिए तर खासै केही लेख्न सकिन र अन्तत: त्यो सकियो पासवर्ड पनि बिर्सिए । अब यो मा चै पक्कै धेर थोर जे जस्तो भए पनि लेख्ने प्रयास गर्छु । आफ्नो मनमा धेरै बिषयमा लागेको कुराहरु अरुलाई भनेर मात्र हुदो रहेनछ भन्ने लागेर २-४ लाइन कोर्न को लागि यो बाटो रोजेको हुँ, हेर्दइ जाउ यस्ले कतिको निरन्तरता पाउछ ।